दुई दिनमै अर्बौंले घट्यो भारतीय धनाड्य गौतम अडानीको सम्पत्ति



एजेन्सी । अमेरिकाको हिडनबर्ग रिचर्स रिपोर्ट सार्वजनिक भएसँगै भारतका अर्बपति गौतम अडानीको ब्यापारिक समूह अडानी ग्रुपको सेयरमा भारी गिरावट आएको छ । अडानी ग्रुपको सेयरमा आएको यो गिरावटले भारतको एलआईसी (लाइफ इन्सुरेन्स कर्पोरेसन)लाई ठूलो झट्का लागेको छ ।

भारतीय सञ्चारमाध्यम ‘इण्डियन एस्सप्रेस’ले आफ्नो रिपोर्टमा उल्लेख गरेअनुसार हिडनबर्ग रिसर्च रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहको बजार पुँजी (मार्केट क्यापिटलाइजेसन)मा शुक्रबार एकै दिनमा ३.३७ लाख करोड रुपैयाँको गिरावट आएको हो ।

तर, यसको प्रभाव भने भारतको जीवन विमा निगम ‘एलआईसी’लाई परेको छ । भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईजीले यो रिपोर्टका कारण १६ हजार ६२७ करोड रुपैयाँ गुमाउनु परेको छ । अडानी ग्रुपको सबैभन्दा ठूला पाँच कम्पनीहरुमा सबैभन्दा ठूलो घरेलु लगानी कर्ता एलआईसी रहेको छ ।

सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका रिपोर्टकाअनुसार दुई दिनमा अडानी समूहका कम्पनीहरुमा एलआईसीको लगानीको मूल्य २२ प्रतिशतले कम भएको छ । शुक्रबार एलआईसीको साझेदारीको मूल्य ७२ हजार १८३ करोड थियो । तर, मंगलबार (शनिबार र आइतबार सेयर कारोबार बन्द हुने भएकाले) अडानी ग्रुपमा एलआईसीको सेयर घटेर ५५ हजार ५६५ करोड रुपैयाँ भएको छ ।

यो सँगै शुक्रबार एलआईसीको सेयरमा ३.५ प्रतिशतको गिरावट आएको छ । दुई दिनमा एलआईसीको सेयर ५.३ प्रतिशतले कम भएको छ ।

इकोनोमिक्स टायम्समा छापिएको एक समाचारकाअनुसार हिडनबर्ग रिपोर्टले आफ्नो १०६ पन्नाको शोधमा अडानीलाई ‘कर्पोरेट दुनियाँको सबैभन्दा ठूलो धोका’ गरेको आरोप लगाएको छ । यो आरोप यस्तो समयमा आएको छ, जति बेला अडानी ग्रुपले आफ्नो सबैभन्दा ठूलो कम्पनी अडानी इन्टरप्राइजेजको एफपीओ सार्वजनिक गर्न लागेको छ । शुक्रबार पहिलो दिनमा अडानी ग्रुपको एफपीओमा केबल एक प्रतिशतको सदस्यहरु आएका छन् ।

हिडनबर्ग रिपोर्टमा मरीसस र कैरिबियाई द्वीप जस्ता विदेशी ‘ट्याक्स हेबन’ देशहरुमा रहेका कम्पनीहरुमा अडानी ग्रुपको सहभागिताको विषयमा प्रश्न उठाइएको छ ।

यो रिपोर्टमा अडानी समूहको कम्पनीहरुमा व्यापारिक समूहलाई पूर्ण रुपमा वित्तिय रुपमा निकै जोखिम बनाउने स्थितिमा पुर्याउने किसिमको ऋण भएको अवस्था रहेको बताइएको छ । यसअघि बिहीबार अडानी ग्रुपले आफूले हिडनबर्ग रिसर्च रिर्पोटको विरुद्धमा भारत र अमेरिकामा सुधारात्मक र दण्डात्मक कारबाही गर्नका लागि विचार गरिने बताएको थियो । अडानी ग्रुपले भने आफूले सदैव कानुनको पालना गरेको दाबी गरेको छ ।

अडानी ग्रुपका सल्लाहकार प्रमुख जतिन जालुन्धवालाले भन्छन्, ‘रिर्पोटले भारतीय सेयर बजारमा उतारचढाव ल्याएको छ । यो निकै चिन्ताजनक छ । भारतीय नागरिकहरुका लागि यो नचाहेको निराशा बनिरहेको छ ।’

उनले हिडनबर्ग रिपोर्टमा भएका कुराहरु अप्रमाणित तथ्य भएको बताएका छन् । सँगै यी अप्रमाणित तथ्यहरुलाई अडानी ग्रुपको कम्पनीको सेयरको मूल्यमा असर पर्ने किसिमले प्रस्तुत गरिएको पनि आरोप लगाइएको छ । जतिन भन्छन, ‘किनकी हिडनबर्ग रिसर्टले आफैंले अडानीको सेयर मूल्य घट्दा आफूलाई फाइदा हुने मानेको छ ।’

हिडनबर्ग रिसर्च ‘सर्ट सेलिङ’मा विशेषज्ञ कम्पनी हो । अर्थात् यसले यस्ता कम्पनीहरुमा लगानी गर्छ, जसको सेयरको दाम घट्ने आशंका रहेको हुन्छ ।

अडानी ग्रुप भारतको सबैभन्दा ठूलो कम्पनीहरुमध्येमा एक हो । यो कम्पनीको कारोबार कमोडिटी क्षेत्र, एयरपोर्ट, नविकरणिय उर्जाजस्ता कैयौं क्षेत्रमा फैलिएको छ । दुनियाँका अर्बपतिहरुको फोब्र्स म्यागजिनको रियल टायम लिस्टकाअनुसार सेयर मूल्यमा आएको भारी गिरावटका कारण शनिबार अडानी ग्रुपका मालिक गौतम अडानी संसारका धनी व्यक्तिहरुमध्ये ७औं नम्बरमा पुगेका छन् ।


क्लिकमान्डु