सावधिक जीवन बीमा योजनामा आकर्षक बोनसदर, कुन कम्पनीमा कति पाइन्छ ?



काठमाडौ । जीवन बीमा कम्पनीहरुले विभिन्न खाले बीमा योजना सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक, रुपान्तरित सावधिक, बालबच्चा सम्बन्धी सावधिक, वैदेशिक रोजगार म्यादी, आजीवन, एकल बीमाशुल्क, म्यादी जीवन बीमा र लघु जीवन बीमा योजनामा बिक्री गर्दै आएका छन् ।

यी मुख्य बीमा योजनाअन्तर्गत पनि अन्य बीमा योजनाहरु सञ्चालनमा रहेका पाइन्छन् । बीमा कम्पनीहरुले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ । बीमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनसदर प्राप्त गर्छन् । यस्तो बोनसदर बीमा कम्पनीहरुले हरेक आर्थिक वर्षमा कायम गर्नुपर्ने हुन्छ । तर, बीमाङ्कीय मूल्याङ्कन प्रतिवेदन तयार पार्ने बीमाङ्की स्वदेशमा नहुँदा बोनसदर सार्वजनिक हुन ढिलाई हुने कम्पनीहरुको भनाइ छ ।

विभिन्न खालका जीवन बीमा योजनामा कम्पनीहरुले दिने बोनसदर पनि भिन्नभिन्न हुन्छ । कम्पनीहरुले वितरण गर्ने उच्च बोनसदरमा पर्ने योजनामध्ये सावधिक जीवन बीमा पनि एक हो ।

सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये मेट लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सले मात्रै आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट स्वीकृतभएसँगै मुनाफामा सरिक हुने (बोनस दिने गरी) जारी भएका बीमालेखहरुका लागि नयाँ बोनसदर कायम गरेका छन् । यस्तै, १२ वटा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ को बीमाङ्कीय मूल्याङ्नका आधारमा बीमितलाई दिने बोनसदर कायम गरेका छन् ।

एलआइसी, महालक्ष्मी लाइफ, प्रभु र गुराँस लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका छैनन् । अर्थात यी बीमा कम्पनीहरुको हकमा आर्थिक वर्ष २०७६/७७ मै घोषणा भएको बोनसदर कायम छ ।

कुन कम्पनीको सावधिक बीमा योजनाा कति बोनसदर ?

मेट लाइफको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँ र अधिकतम ८० रुपैयाँ पाइन्छ ।

एशियन लाइफले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ, सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ कायम गरेको छ ।

नेशनल लाइफको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६४ रुपैयाँ र अधिकतम ८५ रुपैयाँ बोनसदर पाईन्छ । यस्तै, कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६४ रुपैयाँ र अधिकतम ८५ रुपैयाँ कायम गरेको छ ।

ज्योति लाइफको सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ र सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ पाइन्छ ।

आइएमई लाइफको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७० रुपैयाँ र रिलायबल नेपाल लाइफको रिलायबल सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसर पाइन्छ ।

नेपाल लाइफको सावधिक जीवन बीमालेख (सुरक्षित जीवन, जीवन ज्योति, ग्रामिण सावधिक, सावधिक लघु, केटाकेटी, बाल शिक्षा योजना, जीवन लक्ष्मी) मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँ र अधिकतम ८२ रुपैयाँ, सावधिक जीवन बीमालेख (नौलो सुरक्षित जीवन बीमा) मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६५ रुपैयाँ र अधिकतम ८२ रुपैयाँ र सावधिक तथा आजीवन बीमलेख(जीवन सहारा) मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ८० रुपैयाँ र अधिकतम ८२ रुपैयाँ कायम छ ।

सूर्या लाइफको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४१ रुपैयाँ र अधिकतम ४० रुपैयाँ र सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४० रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर पाइन्छ ।

प्राइम लाइफको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ र सिटिजन लाइफको सावधिक (रेगुलर) जीवन बीमालेखमा बीमा अवधिअनुुसार प्रतिहजार न्यूनतम ३८ रुपैयाँ र अधिकतम ७३ रुपैयाँ र सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३८ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम छ ।

यस्तै, सन नेपाल लाइफको सनलाइफ सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ, सानिमा लाइफको सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ, सावधिक जीवन बीमा योजना (एकल) मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ६५ रुपैयाँ, रिलायन्स लाइफको सावधिक बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ३० रुपैयाँ र अधिकतम ६० रुपैयाँ र यूनियन लाइफको सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजनामा बीमितले न्यूनतम प्रतिहजार २९ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७१ रुपैयाँसम्म बोनसदर बीमितले पाउँनेछन् ।

यस्तै, प्रभु लाइफको सावधिक जीवन बीमा योजनााा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँ र अधिकतम ७० रुपैयाँ र सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ, गुराँस लाइफको सावधिक जीवन बीमा योजनमा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ३३ रुपैयाँ र अधिकतम ६८ रुपैयाँ, महालक्ष्मी लाइफको सावधिक जीवन बीमा योजनामा प्रतिहजार न्यूनतम ५० रुपैयाँ र अधिकतम ५२ रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) को सावधिक(३३३), जीवन विद्या (३५२) र जीवन सारथी (२५७) मा बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ५४ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर कायम छ ।

के हो सावधिक बीमा ?

तोकिएको अवधिसम्म किस्ताबन्दी रुपमा बीमाशुल्क तिर्ने र सो अवधिपछि यदि बीमित जीवित छ भने उसैलाई र यदि जीवित छैन भने उसका हकवालालाई बीमांक रकम र आर्जित बोनस (यदि मुनाफामा सरिक हुने गरी बीमा गरिएको भएमा) प्रदान गरिने जीवन बीमालाई सावधिक जीवन बीमा भनिन्छ । यस्तो बीमा सामान्यतया पाँच वर्षदेखि ५० वर्ष अवधिको लागि गर्ने गरिन्छ ।

यस बीमाअन्तर्गत बीमा अवधि बाँकी रहँदा नै बीमितको मृत्यु भएमा निजको हकवालालाई र निज जीवितै रहेमा अवधि सकिएपछि निजलाई नै बीमाको रकम प्रदान गरिन्छ । यो बीमा विकासोन्मुख मुलुकहरुमा बढी प्रचलनमा रहेको पाईन्छ । नेपालमा पनि यो बीमा नै सबैभन्दा धेरै प्रचलनमा रहेको देखिन्छ ।


क्लिकमान्डु