सेयर बजारमा सामान्य गिरावट, कसले कमाए कसले गुमाए ?



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।

बजार मापन गर्ने सूचक ०.४१ अंकले घटेर परिसूचक २१८३.२१ बिन्दुमा रोकिएको छ । २५४ कम्पनीको ७७ लाख ६४ हजार १५३ कित्ता सेयर २ अर्ब ८६ करोड ८२ हजार ८३९ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा सामान्य गिरावट आउँदा कारोबार रकम पनि न्यून बनेको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ६.०६, विकास बैंक २१.४३, वित्त २५.५६, उत्पादन तथा प्रशोधन १७.०९, माइक्रोफाइनान्स १५.७२, अन्य समूहको उपसूचक १३.३७ अंकले घटेको छ । यस्तै होटल २५.९९, जलविद्युत २२.२२, जीवन बीमा १३१.४७, निर्जीबन बीमा समूहको उपसूचक १३९.०९ अंकले घटेको छ ।

बजारमा सामान्य गिरावट आउँदा लुम्बिनी जनरल इन्स्योरेन्स, आदर्श लघुवित्त वित्तीय संस्था, बाराही हाईड्रोपावर, सुर्यज्योजी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै समृद्धि फाइनान्स, सप्तकोशी विकास बैंक, ग्रिन भेन्चर, सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीले गुमाएका छ्न् ।

कारोबार रकमका आधारमा समृद्धि फाइनान्स कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ७० लाख ९५ हजार ७०६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी रहेको छ ।


क्लिकमान्डु