सुनको मूल्यको नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत मंगलबार हालसम्मकै उच्च मूल्य कायम भएको सुनले उक्त मूल्यको रेकर्ड तोड्दै बिहीबार नयाँ इतिहास कायम गरेको छ ।

गत मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । तर, बुधबार प्रतितोला १ सय रुपैयाँले घटेर १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।

बिहीबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १३ सय ६५ रुपैयाँ कायम भएकोमा बिहीबार १५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु