सेयर बजारमा दोहोरो अंकको सुधार, ३ अर्ब ४६ करोडको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक १०.३७ अंकले बढेर परिसूचक २१८३.६२ बिन्दुमा रोकिएको छ ।

२६१ कम्पनीको ९५ लाख ३२ लाख ८६७ कित्ता सेयर ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँको सेयर किनबेच भएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । केही समूहको उपसूचक भने राताम्मे बनेका छन् । बैंकिङ समूहको ७.४६, वित्त कम्पनी ०.२५, अन्य समूहको उपसूचक २३.९५ अंकले घटेको छ ।

कारोबारमा विकास बैंक २८.२४, होटल ११८.०२, जलविद्युत ३६.५६, जीवन बीमा २६६.१६, उत्पादन तथा प्रशोधन ४०.९५, माइक्रोफाइनान्स ४७.९३, निर्जीबन बीमा समूहको उपसूचक १८८.२९ अंकले बढेको छ ।

कारोबारमा ग्रिनलाइफ हाईड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जीआईसी इन्स्योरेन्स, सूर्य ज्योती लाइफ इन्स्योरेन्स, बलेफी हाईड्रोपावर कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाईड्रो पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको १० करोड १४ लाख ८६ हजार ९०६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा हिमाल दोलखा हाईड्रोपावर र ग्रिनलाइफ हाईड्रोपावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु