लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, अब कति ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले लाभांश संशोधन गरेको छ ।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । बीमा प्राधिकरणको निर्देशन अनुसार कम्पनीले लाभांश संशोधन गरेको जनाएको छ ।

अब कम्पनीले चुक्ता पुँजीको ६.९९ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु