मोलुङ हाइड्रोपावरको आईपीओ नबिकेपछि पटक-पटक थपियो समय



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर नबिकेपछि आवेदन दिने समय पुनः थपिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयरमा माग अनुसार आवेदन नपरेपछि यसअघि नै आवेदन दिने समय थपेको थियो ।

थपिएको समयमा पनि माग अनुसार आवेदन नपरेपछि पुनः समय थपिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आवेदन दिन समय थपेर माग १० गतेसम्म पुर्याएको थियो । थपेको समयमा आवेदन नपरेपछि पुनः माघ १५ गतेसम्म आवेदन दिने समय थपेको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने समय सकिएको छ । आयोजना प्रभावितका लागि भने पुन ५ दिन समय थपिएको छ । कम्पनीले स्थानीयलाई ८ करोड २ लाख २५ हजार रुपैयाँको ८ लाख २ हजार ५०० कित्ता सेयर स्थानीयलाई निष्कासन गरेको छ ।

आईपीओमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० देखि अधिकतम ८ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले सनराइज, माछापुच्छ्रे मुक्तिनाथ विकास बैंक, कुमारी बैंक र लक्ष्मी बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु