आइजीआइले पानीपोखरीमा ६० हजार वर्गफिटको ११ तल्ले भवन बनाउँदै



काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्सले पानीपोखरीस्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको २ तल्ला पार्किङसहितको ११ तल्ले भवन निर्माण गरिरहेको छ ।

राजधानीको दि हिमालयन होटलमा सोमबार सम्पन्न कम्पनीको २५औँ बार्षिक साधारणसभामा अध्यक्ष हेमराज ढकालले भवन निमार्णको काम भइरहेको जानकारी दिए ।

गत वर्ष सम्पन्न २४औं साधारणसभामा गरिएको भवन निर्माण गर्ने प्रतिवद्धता अनुसार यो आर्थिक वर्षमा काम शुरु गरिएको उनले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार उक्त भवन निर्माण सम्पन्न भएपछि कम्पनीले करिब ४ देखि ५ करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने छ ।

उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए ।

त्यसैगरी, कम्पनीले ७ वटै प्रदेश र अनलाइनको मध्यमबाट बीमालेख खरिद गर्न सक्ने गरी सेवा प्रदान गर्ने र आइजीआई हेल्थ प्लस बीमालेखको माध्यमबाट पारिवारिक स्वास्थ्य बीमामा चालु आवमा उल्लेख्य सेवा प्रदान गर्ने जानकारी गराउँदै सेवामा विविधता र शाखा रहित बीमामा प्रविधिको प्रयोग गरी सहज बीमा सेवा प्रदान गर्ने जानकारी गराए ।

अध्यक्ष ढकालले देशमा विद्यमान आर्थिक तथा राजनैतिक अवस्थाको वावजुत पनि कम्पनीले गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा प्रिमियम संकलनमा वृद्धि हासिल गरेको जानकारी गराए ।

त्यसैगरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमाको पहुँचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट बीमा सेवा प्रदान गर्दै आईरहेका जानकारी गराए ।

बीमा अर्थतन्त्रको एक उत्कृष्ठ हिस्सा बनिरहेको वर्तमान परिप्रेक्षमा यसको पहुँच विस्तार तथा विकासको लागि हरसम्भव प्रयत्न गर्दै आईरहेको उनले बताए । आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ५२ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अर्ब ७७ करोड १६ लाख बीमाशुल्क आर्जन गरी गत बर्षको दाँजोमा १६.४७ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी गराए । चालु आवको पौष मसान्तसम्ममा कम्पनीले कूल ९० करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरिसकेको पनि सभालाई जानकारी गराए ।

श्रेष्ठले नियमनकारी निकायको निर्देशन सहित लघु बीमा, कृषि तथा पशु बीमा लगायत पारिवारिक स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पुर्याउनको लागि ७ वटै प्रदेशहरुमा रहेका शाखाहरुमार्फत् सेवा विस्तार गरेको पनि जानकारी गराए ।

कम्पनीले हालसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्दै कम्पनीको नीति नियम र विनियमहरु, आन्तरिक लेखा परीक्षण लगायत नेपाल बीमा प्राधिकरणबाट समय समयमा प्राप्त निर्देशनहरुको पालना गर्दै आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउंदै कम्पनीसँग भएको साधन र श्रोतको उच्चतम परिचालन गरी सबै शाखा तथा प्रधान कार्यालयबाट सहज सेवा प्रदान गर्ने गरी सूचना तथा संचारलाई व्यवस्थित गर्दै डिजिटलमा विषेश ध्यान दिएको उनले बताए ।


क्लिकमान्डु