नेप्सेले गर्याे नेशनल माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेले कम्पनीलाई तीन दिने स्पष्टिकरण सोध्दै सेयर कारोबार रोक्का गरेको हो ।

नेप्सेका अनुसार सेयर कारोबार भइरहेको समयमा कम्पनीले लाभांश सम्बन्धी सूचना जारी गरेको भन्दै नेप्सेले कारोबार रोक्का गरेको छ ।


क्लिकमान्डु