सुपर मादी हाइड्रोपावरको आईपीओ निष्कासन



काठमाडौं । सुपर मादी हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले २१ करोड रुपैयाँको २१ लाख कित्ता आईपीओ निष्कासन गरेकामा २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

१ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याएर बाँकी रहेको १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

आईपीओमा छिटोमा माघ १२ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत दिन सकिने छ ।


क्लिकमान्डु