आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्ने



काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ निष्कास गर्ने भएको छ ।
कम्पनीले माघ वैदेशिक रोजगारीमा रहेका नेपालीलाई माघ १६ गतेदेखि आईपीओ निष्कासन गर्ने छ । जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीले फागुन १ गतेसम्म आवेदन दिनसक्नेछन् ।

यस्तै सर्वसाधारणले फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा फागुन २५ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले २ करोड ३ लाख ३८ हजार रुपैयाँको २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गर्न लागेको छ । जसबाट २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गर्ने छ । ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सिक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणले नै न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछनु् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु