सेयर बजारमा सामान्य सुधार, ३ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर कारोबारको लागि साताको अन्तिम कारोबार दिनमा बजारमा सामान्य सुधार देखिएको छ । यो दिन निकै उतार चढाबका बीच बजारमा सामान्य सुधार देखिएको हो ।

बिहीबार बजार ५.७१ अंकले बढेर परिसूचक २१७८.८१ बिन्दुमा रोकिएको छ । इन्ट्रा डे कारोबारमा बजार २१९२.४५ बिन्दुसम्म पुगेको थियो ।

कारोबारमा अधिकांश समूहको उपसूचक रातामम्मे बनेका छन् । केही सुधारमा भने हरियाली छाएको छ । २४६ कम्पीको ८२ लाख ४७ हजार ६४६ कम्पनीको ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिन बैंकिङ समूहको उपसूचक ९.२३, जलविद्युत समुहको २७.५२, निर्जीबन बीमा १९.३१, ट्रेडिङ समूहको उपसूचक ६०.३३ अंकले बढेको छ । यस्तै विकास बैंक ५.५९, वित्त कम्पनी ८.३१, होटल ३६.२१, जीवन बीमा ३२.७२, उत्पादन तथा प्रशोधन २६.१७, माइक्रोफाइनान्स ३५.९९, अन्य समूहको उपसूचक १३.९६ अंकले घटेको छ ।

कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा मैलुङ खोला जलविद्युत कम्पनी, नेपाल इन्फ्रास्टक्चर बैंक, ग्रिन भेन्चर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको १८ करोड ४ लाख ४४ हजार ६५३ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र पिपुल्स हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु