धितोपत्र बोर्डले तीन वटा ब्रोकरलाई तिरायो नगद जरिवाना



काठमाडौं । धितोपत्र बोर्डले तीन वटा ब्रोकर कम्पनीलाई नगद जरिवाना गराएको छ।

बोर्डले तोकिएको समयमा विवरण पेश नगरेको भन्दै सनी सेक्यूरिटिज, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीलाई नगद जरिवाना गराएको छ ।

बोर्डले सनी सेक्यूरिटिजलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश नगरेको तथा तोकिएको समयभित्र म्याद थपका लागि निवेदन समेत पेश नगरेको भन्दै धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम १० हजार जरिवाना गराएको छ ।

यस्तै त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र इम्पेरियल सेक्यूरिटिज कम्पनीलाइ धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावली, २०६४ को नियम ३५ को उपनियम (२) बमोजिम तोकिएको समयभित्र बोर्डमा आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक प्रतिवेदन पेश नगरेको भन्दै जरिवाना गरेको छ ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (४) बमोजिम समयमा विवरण पेश नगर्ने दुवै ब्रोकरलाई ७५ हजार रुपैयाँका दरले जरिवाना तिराएको जनाएको छ।


क्लिकमान्डु