प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएकै दिन सेयर बजारमा बढोत्तरी, हाईड्रोमा लगानीकर्ताको ध्यान



काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको दिन सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।

यो दिन बजामा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा न्यून रहेको छ । यो दिन हाइड्रोपावर कम्पनीमा लगानीकर्ताको ध्यान बढी गएको छ ।

यो सरकार बनेयता बजारमा सुधार देखिएको छ । सरकारले बिष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएको छ । पौडेललाई बजारले सदैव रुचाउने गरेको छ ।

बजार मापन गर्ने सूचक ३२.७२ अंकले बढेर परिसूचक २१८२.११ बिन्दुमा रोकिएको छ । यो दिन २५० कम्पनीको १ करोड १८ लाख ८३ हजार २८७ कित्ता सेयर ३ अर्ब ७२ करोड ४७ लाख ९४ हजार ५८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक भने ४.४५ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचकमा सु्धार देखिएको छ । कारोबारमा विकास बैंक १०१.३६, वित्त कम्पनी ६३.९०, होटल तथा पर्यटन १६३.८२, जलविद्युत १२७.३९, जीवन बीमा १५२.६०, माइक्रोफाइनान्स ५६.४०, निर्जीबन बीमा ११६.०८ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा ग्रिन भेन्चर, आदर्श लघुवित्त वित्तीय संस्था, पिपुल्स हाईड्रोपावर, घलेम्दी हाईड्रो पावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा अपी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २३ करोड २६ लाख ८ हजार ३८८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा अप्पर तामाकोशी र ङादी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु