यूनियन लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब बोनस मात्रै



काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको लाभांश संशोधन भएको छ ।

नेपाल बीमा प्राधिकरणले बोनस सेयर परिमार्जन गरी वितरण गर्न स्वीकृति दिएसँगै कम्पनीको लाभांश संशोधन गरेको हो ।

पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र ०.४५५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरी स्वीकृतिका लागि प्राधिकरणमा पठाएको थियो ।

अब भने प्राधिकरणको निर्देशनअनुसार कम्पनीले नगद लाभांशको सट्टा हाल कायम रहेको चुक्ता पुँजीको ८.९७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु