सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो



काठमाडौं । सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन भएको छ ।

पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १३.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । कम्पनीले १२.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरि स्वीकृतिको लागि बीमा प्राधिकरणमा पठाएको थियो ।

उक्त लाभांशलाई प्राधिकरणले संशोधन गर्दै हाल कायम रहेको चुक्ता पुँजीको १२.४० प्रतिशत बोनस सेयर र ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ । उक्त लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।


क्लिकमान्डु