प्राइम, गुँरास र यूनियन लाइफले गरे मर्जरको अन्तिम सम्झौता, सीईओमा कर्ण



काठमाडौं । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले मर्जरको अन्तिम सम्झौता गरेका छन् । यी कम्पनीहरुले वैशाख २९ गते मर्जरमा जाने प्रारिम्भक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

कम्पनीहरुले मर्जरको अन्तिम सम्झौता भने आज गरेका हुन् । यी कम्पनीहरु समान हैसियतमा गाभिन लागेका हुन् ।कम्पनीहरुबीचमा नयाँ बन्ने कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड’ राख्ने सहमति भएको छ ।

हाल युनियन लाइफका सीईओ मनोजलाल कर्ण मर्जर पछि बन्ने हिमालयन लाइफको प्रमुख कार्यकारी अधिकृत हुनेछन् । गुराँस लाइफका सीइओ विपिन लाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल भने नयाँ बन्ने कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीहरुबीचमा सहमति जुटेको छ ।

मर्जरमा जान लागेको प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । एक बराबर एक अनुपातमा गाभिएपछि नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी सात अर्ब रुपैयाँ नाघ्ने छ ।


क्लिकमान्डु