विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय ‘दुर्घटना जाँच आयोग’ गठन
काठमाडौ । सरकारले ५ सदस्यीय ‘दुर्घटना जाँच आयोग’ गठन गरेको छ ।
पोखराको सेती खोचमा यती एयरलाइन्सको विमानको दुर्घटना परेलगत्र्तै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बताए ।
उक्त दुर्घटनाको छानबिन गर्न गठित ५ सदस्यीय जाँचबुझ आयोगको समय ४५ दिनको रहेको छ ।
गैर सैनिक दुर्घटना हवाई जाँच नियमावली २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगमा पूर्व सचिव नागेन्द्र घिमिरे यसको संयोजक रहनेछन् ।
सदस्यहरुमा दिपक प्रसाद बास्तोला, सुनिल थापा र एकराचन थापा रहेका छन् । आयोगको सदस्य सचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनेछन् ।