दुर्घटनाग्रस्त विमानमा डाक्टर, पत्रकारदेखि लोक गायिकासम्म सवार



काठमाडौं । पोखराको सेती नदि खोचमा आइतबार बिहान दुर्घटना भएको यति एयरको जहाजमा पत्रकारदेखि लोक दोहोरी गायिकासम्म सवार रहेका थिए ।

उक्त जहाजमा पत्रकार त्रिभुवन पौडेल, लोक दोहोरी गायिका निरा छन्त्याल सवार रहेका थिए । पत्रकार पौडेल नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका छन् ।

उनी माओवादी केन्द्र निकट पत्रकार संगठन प्रेस सेन्टरका नेता समेत हुन् । उनीसँग फोन सम्पर्क समेत भएको छैन । दुर्घटनामा परेको जहाजको उद्धार कार्य जारी रहेको छ ।

यस्तै गायिका छन्त्याल माघे सङ्क्रान्तिका लागि पोखरामा आयोजित सांस्कृतीक कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार ‘भोलि पोखरा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस लेखेकी थिइन् । विमानमा रहेका यात्रुको नाम लिस्टमा पौडेल र छन्त्यालको नाम रहेको रहेको छ ।

यस्तै उक्त विमानमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत अर्थोपेडिक सर्जन डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवाकर पनि सवार रहेका थिए । उनीहरू बच्चासहित उक्त विमानमा रहेका थिए ।


क्लिकमान्डु