नेपाल राष्ट्र बैंकले नेप्सेमा गरेको लगानी नियमबिपरित !



काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गरेको लगानी कानून विपरित रहेको पाइएको छ ।

केन्द्रीय बैंकले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ७ को उपदफा (२) मा भएको व्यवस्था विपरित लगानी गरेको छ ।

ऐनका उक्त उपदफामा बैंकको आफ्नो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने भन्ने व्यवस्था रहेको छ ।

तर अहिले पनि नेप्सेका राष्ट्र बैंकको १४.६० प्रतिशत सेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकले अहिले पनि नेप्सेको १४.६० प्रतिशत सेयर धारण गरेको भन्दै उक्त लगानी कानूनीरुपमा गलत रहेको पाइएको छ । नेप्सेको अडिटरले उक्त रकम कानूनको सिमा भित्र ल्याउन सुझावसमेत दिएको छ ।

नेप्सेमा राष्ट्र बैंकको ३४.३० प्रतिशत सेयरमध्ये अझैं १४.६० प्रतिशत सेयर स्वामित्व बाँकी नै छ ।

राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जिवी नेपालको कार्यकालमा १० प्रतिशत सेयर कर्मचारी सञ्चय कोषले किनिसकेको छ भने लक्ष्मी बैंक र प्रभु बैकले ५÷५ प्रतिशत सेयर किनिसकेका छन् ।

नेप्सेमा अहिलेसरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी संचय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ६.१४, लक्ष्मी र प्रभु बैंकको ५-५ प्रतिशत र धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु