साल्ट ट्रेडिङ कर्पोरेशनले १५ प्रतिशत लाभांश दिने



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १५ लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस १० र ५ प्रतिशत नगद लाभांश रहेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु