उतार चढाबकाबीच सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्याे



काठमाडौं । नयाँ सरकार गठन भएयता बढिरहेको सेयर बजार नयाँ सरकारले विश्वासको मत लिने दिन भने घटेको छ ।

पछिल्लो समय निरन्तर बढिरहेको बजारले लगानीकर्ताको २२ सयको मनोवैज्ञानिक घेरा पार गरेको थियो । मंगलबारको निकै उतार चढाबकाबीच बजार २१ सय बिन्दुबाट तल झरेको छ ।

‘इन्ट्रा डे’ कारोबारमा बजार बढेर २२७७ बिन्दुसम्म पुगेको बजार अन्तिम समयमा २१.३५ अंकले घटेर परिसूचक २१९०.४२ बिन्दुमा रोकिएको छ । कारोबार सुरु भएको २ घन्टासम्म निरन्तर बढेको बजार त्यसपछि भने घट्न थाल्यो अन्तिम समयमा दोहोरो अंकको गिरावट देखियो ।

यो दिन २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार ९५२ कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार ५७९ रुपैयाँको सेयर किनबेच भएको छ । लामो समयपछि बजारमा कारोबार रकममा सुधार देखिएको छ । कारोबारमा बैंकिङ समूहको ८.४१ अंकले बढ्दा बाँकी रहेका समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बाँकी सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा बराही हाईड्रोपावर पब्लिक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारमा सिंगटी हाईड्रो इनर्जी, वन नेपाल लघुवित्त वित्तीय संथा, खानीखोला हाईड्रोपावर कम्पनीको सेयरधनीले कमाएका छन् भने तारागाउँ रिजेन्सी होटल, बुद्धभुमी नेपाल हाईड्रोपावर, रिभर फल्स पावर कम्पनीका सेयरधनीले गुमाएका छन् ।

यो दिन कारोबार रकमका आधारमा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । २१ करोड २१ लाख १ हजार ४३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अपी पावर कम्पनी र रिडी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु