तेस्रो पटक फोटो झुन्ड्याउन प्रधानमन्त्री भएको होइन, डाटा र रिपोर्ट कार्ड लिएर संसदमा आउँछुः प्रचण्ड




काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफु तेस्रो पटक नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्रै भन्दा पनि काम गरेर देखाउन आएको बताएका छन् ।

संसदमा विश्वासको मत माग्दै यस्तो बताएका हुन् । ‘तेस्रो पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन’ उनले भने ‘म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु ।’

उनले आफुलाई विश्वासको मत दिएकामा संसदका हरेक सदस्यले गर्व गर्ने वातावरण बनाउने दाबी गरे । सबैको साथ र सहयोग लिएर राष्ट्र–निर्माणमा होमिन जानकारी गराए ।


क्लिकमान्डु