सेयर बजारमा आएको सुधारले सरकारप्रति जनताको भरोसा बढ्योः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारप्रति जनताको भरोसा बढेको बताएका छन् । मंगलबार विश्वासको मत लिनुअघि संसदमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

पछिल्ला दिनमा सेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई आफुले नयाँ सरकारप्रति जनताको भरोसाको संकेतको रुपमा लिएको बताएका हुन् ।

सरकारको न्यूनतम साझा कार्यक्रममा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई समाधान गर्न नीति बनाउने उल्लेख छ ।


क्लिकमान्डु