सेयर बजारमा उछाल कायमै, इन्डेक्स २२ सय कट्यो



काठमाडौं । सेयर बजारमा आएको सुधारसँगै नेप्से परिसूचकले २२ सय बिन्दु पार गरेको छ । सोमबार बजार मापन गर्ने सूचक ४६.७६ अंकले बढेर परिसूचक २२११.३८ बिन्दुमा रोकिएको छ ।

यो दिन २५७ कम्पनीको १ करोड ४६ लाख ७६ हजार २०६ कित्ता सेयर ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २९.२२, विकास बैंक १२४.२७७, वित्त कम्पनी ५९.२४, जलविद्युत १२२.६१, जीवन बीमा १७८.६७, माइक्रोफाइनान्स ९.४९, निर्जीबन बीमा २३७.६१, अन्य समूहको उपसूचक २९.६६ र ट्रेडिङ समूहको उपसूचक ७५.५८ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको उछाल आउँदा दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा बरुण हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, छ्याङदी हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपर, हिमालयन उर्जा विकास कम्पनी, युनियन हाईड्रो, सिगटी हाईड्रो, खप्तड लघुवित्त वित्तीय संस्था, राधी विद्युत कम्पनी, बाराही हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २० करोड ६८ लाख १७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा ङादी ग्रुप पावर र एनआईसी एशिया बैंक रहेका छन् ।


क्लिकमान्डु