सेयर बजारमा दोहोरो अंकको सुधार कायमै, कारोबार रकम करिब साढे ५ अर्ब



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको पहिलो कारोबार दिन बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजार मापन गर्ने सूचक २०.५५ अंकले बढेर परिसूचक २१६४.४८ बिन्दुमा रोकिएको छ ।

२५९ कम्पनीको १ करोड ४१ लाख ९८८ कित्ता सेयर ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ रुपैयाँको सेयर किनबेच भएको छ । नयाँ सरकार बनेयता बजारले निकै सुधारको बाटो लिएको छ । करिब तीन महिनायता निरन्तर घटिरहेको बजारमा पछिल्लो सातायता भने केही सुधार आएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा बैंकिङ समूहको उपसूचक १२.२५, उत्पादन तथा प्रशोधन समूहको ६०.१८, माइक्रोफाइनान्स समूहको उपसूचक १०.९९ अंकले घटेको छ । बाँकी सबै समूहको उपसूचकमा सुधार आएको छ ।

कारोबारमा विकास बैंक १९, वित्त कम्पनीको ३५.७६, होटल ११९.५६, जलविद्युत ५२.६१, जीवन बीमा ४६८.९८, निर्जीबन बीमा समूहको उपसूचक ३२२.२८, अन्य समूहको १२.३३ र ट्रेडिङ समूहको उपसूचक ५७.६७ अंकले बढेको छ ।

कारोबारमा तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त वित्तीय संस्था, बराही हाईड्रोपावर र ङादी ग्रुप पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु