कालिन्चोक दर्शनले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
काठमाडौं । कालिन्चोक दर्शन प्रा.लिले माघ ३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कास गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १० करोड ८० लाख रुपैयाँको १० लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमा १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ५४ हजार कित्ता सामुहिक लगानी कोष र २१ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ ।
बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ४ हजार ९९० कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।