स्टक ब्रोकर एशोसिएसनको अध्यक्षमा सापकोटाको निर्वाचित



काठमाडौं । नेपाल स्टक ब्रोकर एसोशिएसनको अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी गुणनीधि भुसाललाई पराजित गर्दै निर्वाचित भएका हुन् । अध्यक्षमा स्वर्णलक्ष्मी सेक्युरिटिजका सापकोटा र आर्यातारा सेक्युरिटिजका भूसालले उम्मेद्वारी दिएका थिए । सापकोटाले २८ मत पाएर निर्वाचित भएका छन् । भूसालले १६ मत पाएका छन् ।

अध्यक्ष बाहेक अन्य पदमा भने निर्वाचन भएन् । सबै पदमा सर्वसम्मति चयन भएको छ । एसोशिएसनको उपाध्यक्षमा सरिता अधिकारी, महासचिवमा फणिन्द्र ढकाल, सचिवमा सुवेध अधिकारी र कोषाध्यक्षमा मदन पौडेल चयन भएका छन् । यस्तै सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन् ।


क्लिकमान्डु