अपि पावर कम्पनीको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । अपि पावर कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु