सेयर बजारमा उछाल, परिसूचक २१ सय कट्यो



काठमाडौं । सेयर बजारमा उछाल आएको छ । कारोबार सुरु भएको साढे २ घन्टासम्म सामान्य बढोत्तरी रहेको बजार त्यसपछि भने निकै बढेको छ ।

बुधबार बजार मापन गर्ने सूचक ६४.८७ अंकले बढेर परिसूचक २१२५.९४ बिन्दुमा रोकिएको छ । २५८ कम्पनीको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १६.९९, विकास बैंक १६१.२७, वित्त ६८.९८, होटल तथा पर्यटन ५३.८३, जलविद्युत ९५.७९, जीवन बीमा १४४.०९, उत्पादन तथा प्रशोधन २७९.४०, माइक्रोफाइनान्स २६५.१६, निर्जीबन बीमा ३००.१६, ट्रेडिङ २०३.३९, अन्य समूहको उपसूचक ५७.०१ अंकले बढेको छ ।

कारोबारमा दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन डिस्ट्रिलरी, कालिका लघुवित्त वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था, किसान लघुवित्त वित्तीय संस्था, नाडेप लघुवित्त वित्तीय संस्था, पिपुल्स पावर, खप्तड लघुवित्त वित्तीय संस्था, कालिका पावर कम्पनी, आरएसडीसी लघुवित्त वित्तीय संस्था लगायत कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी कम्पनी रहेको छ । कम्पनीको ११ करोड ५२ लाख ७४ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा सानिमा माइ हाईड्रो पावर र नेपाल दूरसञ्चार कम्पनी रहेका छन् ।


क्लिकमान्डु