अनुत्पादक क्षेत्रमा कर्जा रोक्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा पछिल्लो समय देखिएका र तत्काल सुधार गर्नुपर्ने विषयमा पौडेल र अधिकारीसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनिकरण गर्ने उपायहरुको खोजी गर्न र समस्या समाधान गर्नु पर्ने बताएका थिए । उनले अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्नु पर्ने बताउँदै बैंकहरुको ब्याजदरका बारेमा चासो राखेका थिए ।


क्लिकमान्डु