सेयर बजारमा सामान्य गिरावट, करिब साढे ३ अर्बको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको भएपछि कारोबार रकममा भने सुधार नै देखिएको छ । निकै उतार चढाबकाबीच बजार मापन गर्ने सूचक ३.०३ अंकले घटेर परिसूचक २०६१.०६ बिन्दुमा रोकिएको छ ।

मंगलबार २५७ कम्पनीको ८२ लाख २२ हजार ८३३ कित्ता सेयर ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक राताम्मे बनेको छन् । कारोबारमा बैंकिङ समूहको ३.३८, विकास बैंक १९.५४, वित्त कम्पनीले २२.४६, जलविद्युत ६.३६, जीवन बीमा १२१.६१, उत्पादन तथा प्रशोधन ३३.४९, निर्जीबन बीमा २२.३४, अन्य समूहको उपसूचक २६.८४ अंकले घटेको छ ।

यस्तै होटल तथा पर्यटन ७७.१३, माइक्रोफाइनान्स समूहको उपसूचक १११.३४ अंकले बढेको छ । कारोबारमा ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लागेका कम्पनीमा स्वेत गंगा हाईड्रोपावर, धौलागिरी लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्स रहेका छन् ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी कम्पनीको अग्रस्थानमा रहेको छ । कम्पनीको सेयर ४३ करोड १९ लाख ६४ हजार २३६ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र शिवम् सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु