मोलुङ हाइड्रोपावरको आईपीओ निष्कासन, कसले कहिलेसम्म दिन पाउँछन् आवेदन ?



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र सरकारबाट श्रम स्वीकृती लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले ८० करोड २५ लाख रुपैयाँमध्ये आयोजना प्रभावितले प्रतिकित्ता एक सय रुपैयाँका दरले ८ करोड २ लाख २५ हजार रुपैयाँको ८ लाख २ हजार ५ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता एक सय रुपैयाँका दरले २ लाख ७२ हजार ८५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ३६ हजार ४२५ कित्ता र कर्मचारीका लागि ५४ हजार ५७० कित्ता सेयर छुट्याएको छ ।

आयोजना प्रभावित ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाका लागि ५ प्रतिशत, सुनकोशी गाउँपालिकाका लागि २.५ प्रतिशत र सिद्धिचरण नगरपालिकाका लागि २.५ प्रतिशत सेयर छुट्याइएको छ ।

आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ८ हजार कित्तासम्म माघ ३ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, स्थानीयले छिटोमा माघ ३ गते गतेसम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावितले सनराइज बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका र्बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।


क्लिकमान्डु