उतार चढाबकाबीच सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा बढ्यो उत्साह



काठमाडौं । निकै उतार चढाकाबीच सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । बजारमा निकै उचार चढाब देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बढेर २०८३.१९ बिन्दुसम्म पुगेको थियो ।

अन्तिम समयमा भने केही घटेको थियो । तथापी बजार १७.२६ अंकले बढेर २०४६.२९ बिन्दुमा रोकिएको छ । २६१ कम्पनीको १ करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५१० रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको उपसूचक ६.७५ अंकले बढेको छ । यस्तै होटल तथा पर्यटन १४.९६, जलविद्युत ५.३५, जीवन बीमा ३०१.३५, उत्पादन तथा प्रशोधन ३१.४०, माइक्रोफाइनान्स २८.४९, निर्जीबन बीमा १६२.०८, अन्य समूहको उपसूचक २५.४५ अंकले घटेको छ । कारोबारमा विकास बैंक १.१२, वित्त समूहको उपसूचक भने ३.२१ अंकले घटेको छ ।

साताको पहिलो दिनको कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सृजनशिल लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २२ करोड ५७ लाख ४८ हजार ९७९ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी र हिमालयन डिस्ट्रिलरी कम्पनी दोस्रो स्थानमा रहेको छ ।


क्लिकमान्डु