राधे-कृपा हाउजिङको निर्माण कार्य ८० प्रतिशत सम्पन्न, प्रतियुनिटको मूल्य कति ?



काठमाडौं । नेपालको व्यापारिक केन्द्र वीरगञ्जमा बन्दै गरेको राधे–कृपा हाउजिङको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ ।

राधे–कृपा हाउजिङ एण्ड इन्भेष्टमेन्ट प्रालीले वीरगञ्जको आदर्शनगरमा ४८ युनिटको सुविधासम्पन्न ‘राधा कृपा हाउजिङ’ को निर्माण कार्य ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

कम्पनीले १ अर्ब २ करोड ५० लाख रुपैयाँ लगानीमा ४८ युनिटको हाउजिङ निर्माण गरिरहेका छन् । जसमा कम्पनीले ४१ करोड रुपैयाँ कम्पनीको लगानी र ६१ करोड ५० लाख रुपैयाँ बैंकबाट ऋण लिई निर्माण गर्ने जनाएको छ । त्यस्तै, कम्पनीले दीर्घकालीन कर्जाका लािग ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२३ को सेप्टेम्बरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी निर्माण गरिरहेका छन् ।

कम्पनीले डेढ लाख स्क्वायरफिटको क्षेत्रफलमा राधा र कृपा गरी दुई वटा अपार्टमेन्ट निर्माण गर्नेछ । जसमा उक्त दुई वटा अपार्टमेन्टमा ४८ वटा युनिट बन्नेछ ।

कम्पनीले उक्त क्षेत्रमा थ्रीबीएचके, फोरबीएचके, फाइभबीउचके र पेन्ट हाउन निर्माण गर्ने छ ।

सरकारले चालु आर्थिक विद्येयकमार्फत् पूँजीगत लाभकर बढाएको छ । जसमा सरकारले घरजग्गाको स्वामित्व पाँच वर्ष वा ५ वर्षभन्दा बढी भएको छ भने ५ प्रतिशतका दरले कर लाग्नेछ । साथै, गैरव्यावसायिक करयोग्य सम्पत्ति घरजग्गाको स्वामित्व ५ वर्षभन्दा कम रहेको छ भने ७.५ प्रतिशतको दरले कर लाग्नेछ ।

५ वर्षभन्दा कम अवधि स्वामित्व भएको घर जग्गा बिक्री गर्दा ७ प्रतिशत पूँजीगत लाभ कर तिर्नु पर्नेछ । विगतमा ५ वर्षभन्दा कम स्वामित्व भएको सम्पत्ती बिक्री गर्दा ५ प्रतिशत पूँजीगत लाभकर लाग्ने गरेको थियो ।

आर्थिक विधेयकमार्फत् आयकर ऐनको दफा ९५ क संशोधन गर्दै घरजग्गाको नाफामा पूँजीगत लाभ कर बढाइएको हो । चालु आर्थिक वर्षको विद्येयकमार्फत् लाभकर पूँजी बढाएकाले पनि रियल स्टेट क्षेत्रको कारोबारमा असर पुगेको कम्पनीको भनाइ छ।

त्यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कर्जाको अनुपात घटाएको छ । सरकारले उपत्यकामा कर्जाको अनुपात ३० प्रतिशत र उपत्यकाबाहिरको क्षेत्रमा ४० प्रतिशत कर्जाको अनुपात राखेको छ । यसअघि, उपत्यकामा कर्जाको अनुपात ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशत तोकेको थियो ।

उक्त व्यवस्थाले पनि रियल स्टेटमा असर पुगेको कम्पनीले जनाएको छ ।

के–के हुनेछन् सुविधा ?

कम्पनीले आदर्शनगरमा निर्माण गरिरहेको राधे अपार्टमेन्टको पहिलो तल्लामा प्रवेशद्वार, रिसेप्सन, सामुदायिक हल, लाउन्ज, आउटडोर सिटिङ, आउटडोर डेक फेसिङ मन्दिर, १२ जनाको कन्फरेन्स, रुम, २ वटा गेस्ट रुम, किचन, अफिस, महिला र पुरुषलाई छुट्टाछुट्टै शौचालयको व्यवस्था गरेको छ ।

सो अपार्टमेन्टमा टाइप ‘ए’ को ४ वटा बेडरुम, एउटा हल र किचनको व्यवस्था गर्नेछ । राधे अपार्टमेन्टमा टाइप ‘ए’को युनिटमा आर१, आर३, आर५, आर७, आर९ र आर११ रहेको छ । जसमा एउटा मास्टर बेडरुम, २ वटा बेडरुम, एउटा आगन्तुक कोठा, लिभिङ रुम, लाउन्ज, मन्दिर किचन, स्टोर रुम र सर्भेन्ट क्वाटरको पनि व्यवस्था हुनेछ ।

कम्पनीले राधे अपार्टमेन्टमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरेको छ । कम्पनीअनुसार पहिलो तल्लामा १७ वटा डिपेन्डन्ट पार्किङको सुविधा दिने भएको छ ।

त्यसैगरी, कम्पनीले कृपा अपार्टमेन्टमा अधिकांश फ्लाटको व्यवस्था हुने जनाएको छ । सो अपार्टमेन्टमा कम्पनीले ७ प्रकारका युनिट निर्माण गर्नेछ ।

कृपा अपार्टमेन्टको टाइप ‘ए’ को ९ वटा घरको व्यवस्था हुनेछ । कम्पनीले सो युनिट थ्रीबीएचकेको बनाउनेछ । कम्पनीले सो अपार्टमेन्ट १९१.७६ स्क्वायरफिटदेखि २०६४.२८ स्क्यावरफिटमा बन्नेछ भने सम्पूर्ण युनिटको क्षेत्रफल २२६.२८ स्क्वारफिटदेखि २४३५.९० स्क्वारफिटको बन्नेछ ।

कम्पनीले सो टाइम ‘ए’ को अपार्टमेन्टमा शौचालय, ड्रेसर र बाल्कोनीसहितको एउटा मास्टर बेडरुम, २ वटा बेडरुम, लिभिङ रुम, लाउन्ज, डाइनिङ, किचन, मन्दिरलगायतको सुविधा हुनेछ ।

त्यसैगरी, टाइप ‘बी’को ४ वटा युनिट थ्रीबीएचकेको बन्नेछ । उक्त युिनटको क्षेत्रफल २२१.२७ स्क्वारफिटदेखि २३८१.९७ स्क्वारफिटको रहेको छ।

उक्त अपार्टमेन्टमा पनि टाइप ‘ए’को जस्तै व्यवस्था हुने कम्पनीले जनाएको छ । कम्पनीले टाइप ‘सी’ को ४ वटा अपार्टमेन्ट थ्रीबीएचकेको निर्माण गर्नेछ । सो अपार्टमेन्ट १९९.०३ स्क्वारफिटदेखि २१४२.५५ स्क्वारmिटको हुनेछ ।

त्यस्तै कम्पनीले फाइभबीइचकेको ७ वटा युनिट ४१७.०८ स्क्वारफिटदेखि ४४९० स्क्वारफिटको निर्माण गर्नेछ । सो युनिटमा एउटा मास्टर बेडरुम, २ वटा बेडरुम, एउटा आगन्तुक कोठा, एउटा होम थिएटर, लिभिङ रुम, लाउन्ज, डाइनिङ, किचन, मन्दिरलगायत अन्य विभिन्न कोठाको व्यवस्था हुनेछ ।

टाइप ‘डी’को थ्रीबीएचकेको एउटा अपार्टमेन्ट २१५.०९ स्क्वारफिटदेखि २३१५.४५ स्क्वारफिटको निर्माण हुनेछ ।

कम्पनीले पेन्टहाउस टाइप ‘ए’ को एउटा युनिट ४५०.०३ स्क्वारफिटदेखि ४८४४.५५ स्क्वारफिटको र पेन्टहाउस टाइप ‘बी’ को एउटा युनिट ४३३.५५ स्क्वारफिटदेखि ४६६७.१५ स्क्वारफिटको निर्माण गर्नेछ ।

सो युनिटमा २ वटा मास्टर बेडरुम, २ वटा बेडरुम, एउटा गेष्ट बेडरुम, बालबालिकाको एउटा बेडरुम, डबल हाइट लिभिङ रुम, लाउन्ज, डाइनिङ, टेरेस, किचन, स्टोर तथा पाउडर रुम र सर्भेन्टको क्वार्टरको व्यवस्था हुनेछ ।

साथै, कम्पनीले स्वीमिङ पुल, बालबालिकाका लागि स्प्लास पुल, मदिर, स्पार्टस् रुम, थियटर रुम÷पार्ट हलको पनि सुविधा हुनेछ ।

मूल्य कति ?

कम्पनीले निर्माण गरिरहेको अपार्टमेन्टको सेवा सुविधा र क्षेत्रफलको आधारमा मूल्य तोकेको छ । कम्पनीले सामान्यतया एउटा युनिटको मूल्य पौने ३ करोडदेखि ५ करोड रुपैयाँसम्म मूल्य तोकेको छ ।

कम्पनीले फोरबीएचके र फाइबबीचके बन्ने युनटको प्रति स्क्वारफिटको मूल्य ११ हजार ५०० रुपैयाँ तोकेको छ । जसमा थप पार्किङको १० लाख ५० हजार, क्लब हाउसको ७ लाख ५० हजार, समाज विकास कोषको ७ लाख ५० हजार रुपैयाँ हुनेछ । उक्त अपार्टमेन्टमा बस्नेका लागि २ वटा कार १ बाइक पार्किङको व्यवस्था हुनेछ ।

त्यस्तै, कम्पनीले थ्रीबीएचके युनिटको पनि प्रति स्क्वारफिटको मूल्य ११ हजार ५०० तोकेको छ भने त्यसमा थप पार्किङको ७ लाख ५० हजार क्लब हाउसको ५ लाख र समाज विकास कोषको ५ लाख रुपैयाँ मूल्य तोकेको छ । निर्माण भइरहेको सो युनिटमा एउटा कार र एउटा बाइक पार्किङ गर्न पाउनेछ ।

कम्पनीअनुसार एउटा युनिटको क्षेत्रफल २१ सयदेखि ५ हजार स्क्वायरफिटको फ्लाटमा उक्त मूल्य तोकेको जनाएको छ । साथै, कम्पनीले शुरुवाती चरणमा ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्नुपर्ने र बाँकी ६० प्रतिशत रकम चौमासिक रुपमा दिनुपर्ने व्यवस्था गरेको थियो ।


क्लिकमान्डु