नेपालकै सबैभन्दा ठूलो किड्स एक्सपो सम्पन्न



काठमाडौं । गत शनिबार नेपालको पहिलो र सबैभन्दा ठूलो किड्स एक्सपो (बालबालिका एक्सपो) आयोजना भयो ।

बालबालिका क्षेत्रमा एक भव्य एक्सपो भएको छ जहाँ १५०० भन्दा बढी टिकट बिक्री हुनका साथै २५०० भन्दा बढी सहभागीहरुले भाग लिएका आयोजकको दाबी छ। एक्सपोमा प्रमुख बालबालिका ब्रान्डहरुको सहभागिता थियो ।

४० भन्दा बढी प्रदर्शकहरुले आफ्ना ब्रान्डहरु बिशाल भिजिटर सामु प्रदर्शन गरेका थिए भने किड्स प्लेजोन र फूड जोनले एक्पोलाई अझ आकर्षित बनाएको थियो ।

‘नेपालको पहिलो ठूलो किड्स एक्सपोको सफलतापूर्वक संगठन गर्नलाई र हामीलाई टाइटल स्पोन्सरहरुको रूपमा सहभागी हुन दिनालाई सम्पुर्ण आयोजक टीलाई धन्यवाद र बधाई दिन चाहन्छु । यस स्तर्रको प्रदर्शकहरु र सहभागिताहरु संख्या हाम्रो अपेक्षाभन्दा धेरै थियो । तेसैले आगामी बर्षको किड्स एक्पोमा पनि हामी अवश्य सहभागी हुने छौं’ आईएमएस ग्रुपका अध्यक्ष डिकेश माल्होत्राले भने ।

एक्सपो क्रिशमश इभमा आयोजना गरिएको थियो । एक्सपोको थीम क्रिसमस ब्रान्डिङमा गरिएको थियो । जस कारण बालबालिका अझ रमाएका थिए ।


क्लिकमान्डु