
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने मुद्दामा आज बहस भइहरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पौडेलको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाई भइरहेको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ गरेर विशेष अदालतमा पेश गरेको उनलाई थुनामा राखिनु गैरकानूनी भन्दै बन्दीप्रत्यक्षीकरणको रिट दिएकी थिइन् ।
उनले असार १० मा दिएको उक्त रिटउपर सुनुवाई भइरहेकाले आजै पौडेललाई थुनामा राख्ने कि छोड्ने भन्ने आदेश सर्वोच्चले दिने भएको छ । यस अघि सर्वोच्च अदालतले पौडेललाई थुनामा राख्नुपर्नाको कारण असार ११ मा मागेको थियो ।
पौडेल असार ८ गते सोमाबार पक्राउ परेका थिए । उनलाई सम्पत्ति शुद्धीकरण विभागले असार ९ गते थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै विशेष अदालतमा उपस्थित गराएको थियो । विशेषले उनलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो । त्यसपछि उनलाई थप ३ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।






प्रतिक्रिया