सेयर बजार चार महिना यताकै उच्च बिन्दुमा, पौने ३ अर्ब बढीको कारोबार



काठमाडौं । निरन्तर गिरावट आएको सेयर बजार बिहीबार भने चार महिना यताकै उच्च बिन्दुमा पुगेको छ । गत भदौ १० गते २०२२.६३ बिन्दुमा रहेको बजार त्यसपछि निरन्तर घटेको थियो ।

भदौ ११ यता निरन्तर २ हजार बिन्दु भन्दा तल रहेको बजार बिहीबार ५६.८८ अंकले बढेर परिसूचक २०२९.०३ बिन्दुमा रोकिएको छ । नयाँ सरकार गठन भएको र नयाँ सरकारले अर्थ मन्त्रालयको जिम्मेवारी बिष्णु पौडेललाई दिएपछि सेयर बजारले सुधारको लक्षण देखिएको छ ।

बिहीबार २५७ कम्पनीको ८० लाख २४ हजार ५५९ कित्ता सेयर २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको २४.४७, विकास बैंक ११६.५५, वित्त कम्पनी ८७.६०, होटल तथा पर्यटन ७६.४२, जलविद्युत १०५.७४, जीवन बीमा ३८५.५८, उत्पादन तथा प्रशोधन ११२.९६, माइक्रोफाइनान्स ११३.५४, निर्जीबन बीमा ३४८.५३, अन्य ४१.९८ र ट्रेडिङ समूहको उपसूचक ४७.०८ अंकले बढेको छ ।

कारोबारमा हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ, सृजनशिल लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी र रिडी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु