लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश घोषणा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ ।

बुधबार बसेको सञ्चलाक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु