नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने नियमावलीका विषयमा परेको रिट सर्वोच्चद्वारा खारेज



काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

बुधबार न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज गरेको हो ।


क्लिकमान्डु