साधना लघुवित्तको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत, बुक क्लोज कहिले ?
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने भनेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद सहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले पारित गरेको छ ।
यस्तै शुकबार बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेका लागि साधारण सभा बोलाएको छ । सभाका लागि भन्दै पुस २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।
सभामा लाभांशका साथै साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।