केन्द्रीय बैंकले सोढे १८ अर्बको ट्रेजरी बिल जारी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ९१, १८२ र ३६४ दिन अवधिका लागि ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ६ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो चैत १४ गते परिपक्व हुनेछ ।

यस्तै १८२ दिन अवधिका लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्ने भएको छ । यो २०८० असार १२ गते परिपक्व हुनेछ । ३६४ दिनका लागि २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

यो २०८० पुस १० गते परिपक्व हुनेछ । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि भोली सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

यो सबै बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।


क्लिकमान्डु