पुसमा साधारण सभा बोलाएका १४ बैंकले कति दिँदैछन् लाभांश, कुनको बुक क्लोज कहिले ?



काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये १४ वटा बैंकले पुस महिना भित्र साधारण सभा बोलाएका छन् । सभा बोलाएका बैंकहरुले बुक क्लोजको मिति पनि तय गरेका छन ।

सभा बोलाएका बैंकमध्ये केहीले भने सेयरधनीको हात खाली बनाएका छन् । अधिकांशले भने सेयरधनीलाई बोनस तथा नगद लाभांश दिने भएका छन् ।

सेयरधनीको हाल खाली बनाउने बैंकमा एनआईसी एशिया, लक्ष्मी र माछापुच्छे« बैंक रहेका छन् । साधारण सभा बोलाएका बैंकमा सेञ्चुरी कमर्सियल बैंकले १२ औं साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा पुस १४ गतेका लागि बोलाएको छ ।

एनएमबि बैंकले २७ औ सभा पुस २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा लैजाने भएको छ । सभाका लागि भन्दै पुस ११ गते बुक क्लोज गर्ने भएको छ ।

नेपाल एसबिआई बैंकले २९ औं सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा पुस २५ गतेका लागि बोलाएको छ । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ । बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । पुस १२ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

सेयरधनीको हात खाली बनाएको लक्ष्मी बैंकले २२ औं सभा अग्रवाल भवन, कमलपोखरी पुस २८ गते बोलाएको छ । सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने-गाभिने प्रस्ताव गरेको छ । सभाका लागि बुक क्लोज पुस १५ गते गर्ने भएको छ ।

यस्तै प्राइम कमर्सियल बैंक १५ औं सभा कार्की ब्याङ्केटमा गर्ने भएको छ । बैंकले सभामा आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र ४.९५ प्रतिशत नगद लाभांश दिने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने-गाभिने प्रस्ताव लैजाने भएको छ । बैंकले सभाका लागि भन्दै पुस १४ गते बुक क्लोज गर्ने भएको छ । पुस १३ गतेसम्म कायम रहेका सेयरधनीले तोकेका लाभांश पाउनेछन् ।

राष्ट्रिय वाणिज्य बैंक वार्षिक साधारण सभा दरवारमार्गमा पुस २८ गते गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ७.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । त्यसका लागि पुस १८ मा बुक क्लोज गरेको छ ।

हिमालयन बैंकले ३० औं सभा होटल सोल्टीमा पुस २८ गते सभा बोलाएको छ । सभामा आर्थिक वर्ष ०७८-०७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश दिने, सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव गरेको छ । सभाका लागि बुक क्लोज पुस १८ देखि २८ गतेसम्म गर्ने भएको छ । पुस १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिभिल बैंक १२ औं साधारण सभा अमृतभोग, कालिकास्थान, काठमाडौं पुस २८ गते ११ बजेका लागि सभा बोलाएको छ । बैंकले आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश दिने र हिमालयन बैंकले प्राप्ति गर्ने प्रस्ताव लैजाने भएको छ । बैकले पुस १९ गतेका लागि बुक क्लोज गर्ने भएको छ । १८ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

सिद्धार्थ बैंकले २१ औं साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लबमा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर र ०.६६ प्रतिशत नगद लाभांश दिने र अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग गाभ्ने÷गाभिने सम्बन्धी प्रस्ताव रहेको छ । सभाका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएका छ । १२ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

नबिल बैंकले ३८ औ साधारणसभा सिल्भर ओक व्याक्वेट, काठमाडौंमा पुस २९ गतेका लागि बोलाएको छ । बैंकले सभामा आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट १८.५० प्रतिशत बोनस शेयर र ११.५० प्रतिशत नगद लाभांश, अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग गाभ्ने-गाभिने प्रस्तावमा छलफल गर्ने छ । बैंकले सभाका लागि भन्दै पुस १८ गते बुक क्लोज गर्ने भएको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

लगानीकर्ताको हात खाली बनाएको एनआईसी एशिया बैंकले २५ औं बार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव गरेको छ । यस्तै सभाका लागि बैंकले पुस १८ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

नेपाल बैंकले ६२ औ साधारण सभा बैंकको प्रधान कार्यालय काठमाडौंमा पुस २९ गतका लागि बोलाएको छ । सभामा आर्थिक वर्ष ०७८/०७९ को मुनाफाबाट २ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि पुस १४ गते बुक क्लोज गर्ने भएको छ । १३ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिने पाउनेछन् ।

माछापुच्छ्रे बैंकले २४ औं साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा पुुस २९ गतेका लागि बोलाएको छ । सेयरधनीको हात खाली बनाएको बैंकले सभामा लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, वार्षिक प्रतिवेदन पारित गर्ने, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासंग गाभ्ने गाभिने प्रस्ताव लैजाने भएको छ । बुक क्लोजको मिति भने पुस १७ गते रहेको छ ।


क्लिकमान्डु