आरएसडिसी लघुवित्तको लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । सेयरधनीलाई लाभांश घोषणा गरेको आरएसडिसी लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको मिति तय गरेको छ ।

पुस २९ गतेका लागि साधारणसभा बोलाएको कम्पनीले पुस १५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र नगद ३ प्रतिशत रहेको छ ।

कम्पनीको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु