सिवाईसी नेपालले ३१.५८ प्रतिशत लाभांश दिने
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको बिहीबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत तीन करोड ६४ लाख ९२ हजार ५५१ रुपैयाँ बराबरको बोनश सेयर र कर प्रयोजनका लागि १.५८ प्रतिशतले हुन आउने १९ लाख २० हजार ६६० रुपैयाँ नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।