साधना लघुवित्तको लाभांश घोषणा, बोनस कति ?



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लभांश घोषणा गरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लघुवित्तले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस ७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले १९ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत हुन आउने ६ करोड ४२ लाख ४५ हजार एक सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तामा वितरण हुनेछ ।


क्लिकमान्डु