नेप्सेले १०० प्रतिशत नगद लाभांश वितरण गर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १०० प्रतिशत (करसहित) नगद लाभांश दिने निर्णय गरेको छ ।

कम्पनीले पुस २९ गते ४१ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखापरीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमीक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।

हाल नेप्सेमा सरकारको ५८.६६, राष्ट्र बैंकको १४.६०, कर्मचारी सन्चय कोषको १०, राष्ट्रिय वाणिज्य बैंकको ६.४, लक्ष्मी बैंकको ५, प्रभु बैंकको ५ र अन्यको ०.६० प्रतिशत सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु