सिडिएससीले १०० प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सिडिएस एण्ड क्लियरिङले आर्थिक वर्षक २०७८/०७९ को नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने भएको छ ।

पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट १०० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीले पुस २८ गते १२ औं बार्षिक साधारण सभा बोलाएको छ ।

सभामा अध्यक्ष प्रतिवेदन पेश गर्ने, उक्त आवको लेखापरीक्षको प्रतिवेदन पेश गर्ने, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमीक तोक्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु