सेयर बजार स्थिर, कारोबार रकम १ अर्ब बढी



काठमाडौं । सेयर बजार स्थिर बनेको छ । बजार मापन गर्ने सूचक ०.०१ अंकले घटेर १८६७.२१ बिन्दुमा रोकिएको छ ।

बजार मापन गर्ने सूचक स्थिर बनेपनि करोबार रकम भने केही सुधार भएको छ । २४७ कम्पनी ३१ लाख ११ हजार ८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ९७ हजार ९२१ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैकिङ समूहको १.३८ र अन्य समूहको उपसूचक ३०.२४ अंकले बढेको छ भने विकास बैंक १७.०९, जलविद्युत ११.७५, जीवन बीमा ३७.५४, निर्जीबन बीमा समूहको उपसूचक २१.६२ अंकको गिरावट आएको छ ।

कारोबारमा सिर्जनशिल लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी अग्रस्थानमा रहेको छ ।

कम्पनीको १४ करोड ९९ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एशिया बैंक र नबिल बैंक रहेको छ । एनआईसीको ५ करोड ६९ लाख ६५ हजार रुपैयाँ र नबिल बैंकको ५ करोड ३१ लाख ६६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु