सेयर बजारमा सामान्य गिरावट, लगानीकर्ताको ध्यान बैंकमा



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक ५.८९ अंकले घटेर परिसूचक १८६७.२२ बिन्दुमा रोकिएको छ ।

२५२ कम्पनी २४ लाख ४० हजार ३०७ कित्ता सेयर ८६ करोड ३८ लाख १६ हजार ५६१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबारमा विकास बैंक १७.८४, वित्त कम्पनी २२.३८, जलविद्युत १४.०७, जीवन बीमा ३७.८३, उत्पादन तथा प्रशोधन ३३.२९, माइक्रोफाइनान्स १३.५६, निर्जीवन बीमा २०.१५, अन्य समूहको उपसूचक २०.९३ अंकले घट्दा बैंकिङ समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक ३.३८ अंकले बढेको छ ।

कारोबारमा आँधिखोला लघुवित्त वित्तीय संस्था, सृजनशिल लघुवित्त वित्तीय संस्था, इष्ट्रन हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकिर्कट लागेको छ । यो दिनको कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक अग्रस्थानमा देखिएको छ ।

बैंकको ११ करोड ८२ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र शिवम् सिमेन्ट रहेका छन् । नबिलको ३ करोड ९५ लाख ८ हजार रुपैयाँको सेयर किनबेच भएको छ भने शिवमको ३ करोड ८५ लाख ६९ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु